आकाश,सलोन र रेखाको चलचित्र ‘हिंड्दा हिंड्दै’ को ट्रेलर सार्वजनिक



काठमाडौं । भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ । आकाश श्रेष्ठ,सलोन बस्नेत र रेखा शाहको शीर्ष भूमिका रहेको चलचित्रको ट्रेलरमा मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको छ ।

मिलन आले मगर निर्देशित चलचित्रमा सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ र बाल कलाकारमा अर्विन थिङ्गको पनि अभिनय छ । नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माणमा भएको चलचित्रमा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता राज लामा हुन् । त्यस्तै प्रमोद कुमार तामाङ र महादेव शाह सहनिर्माता छन् । चलचित्रको कथावस्तु युवापुस्तालाई मनपर्न सक्ने आशा आफूले लिएको निर्देशक मगरले बताए । ट्रेलर डीएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।