उमा शंकर र सन्जुको स्वरमा रहेको तीज गीत ‘लाहुरेले’ सार्वजनिक (भिडियो)



काठमाडौँ। उमा शंकर जोशी र सन्जु न्यौपानेको स्वरमा रहेको तीज गीत ‘लाहुरेले’को भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गंगा जोशीको शब्द र उमाशंकर जोशीको संगीत रहेको छ। प्रविन थापाको निर्देशनमा बनेको भिडियोलाइ राम केसीले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका छन्। भिडियोमा अनु शाह र गंगा जोशी फिचर्ड छन्। भिडियो उमाशंकर जोशीको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।