‘ऐंचो पैंचो’को पहिलो गीत ‘काले केटाले’ सार्वजनिक



काठमाडौँ। आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘काले केटाले’ मा एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको संगीत र संगीतकार अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको सार्वजनिक गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । कृषा चौलागाईको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक गीतमा चलचित्रका सबै जसो कलाकारलाई स्थान दिइएको छ । चलचित्रको गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराई चलचित्रलाई सफलताको शुभकामना दिए ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोको कलर, सत्यम राणाको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशन र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.