साउथको ‘धुमम्’ नेपाल पनि रिलिज हुने



काठमाडौँ । दक्षिण भारतीय (साउथ) फिल्म ‘धुमम्’ नेपाल पनि रिलिज हुने भएको छ । फिल्म आगामी शुक्रबारबाट नेपालमा रिलिज हुन लागेको हो । निर्माता तथा बितरक सुनिल सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले नेपाल प्रदर्शनका लागि फिल्मको अधिकार लिएको हो ।

फहाद फासिलको मुख्य भुमिका रहेका फिल्म भारतमा गत जुन २३ मा मललायम र कन्नड भाषामा रिलिज भएको थियो ।

पवन कुमारको निर्देशन रहेको फिल्मलाई दक्षिण भारतको होम्बले फिल्मसले निर्माण गरेको हो । फिल्ममा फासिलका अलवा अपर्णा बालमुरली, रोशन म्याथ्यु, विनित राधाकृष्ण, अनु मोहन लगायतको अभिनय छ । यस ब्यानरबाट यसअघि ‘केजिएफ’ र ‘केजिएफ २’ जस्ता सफल फिल्म निर्माण भएको थियो । यस ब्यानरबाट अहिले फिल्म ‘सलार’ निर्माण भइरहेको छ ।