निर्माताहरु पछी हट्नाले तिम्रो कसम लाई काग ताली


timro-kasam
(सेलिब्रेटी नेपाल)२५ साउन- नेपाली चलचित्रको व्यापार नाजुक हुँदै गएपछि निर्माताहरु प्रदर्शनमा पछि हट्न थालेका छन्। पछिल्लो तीन हप्तायता राम्रो व्यानरको चलचित्र रिलिज नहुनुले पनि यो कुराको पुष्टि गर्छ। शुक्रबारबाट पनि एउटा मात्र चलचित्र ‘तिम्रो कसम’ रिलिज हुने भएको छ,त्यो पनि दुई वर्ष अगाडीको।

दिनेशराज शर्माको निर्देशन तथा लेखन र दिपक श्रेष्ठको निर्माणमा बनेको यो चलचित्रले साँचो माया कहिल्यै मर्दैन भन्ने भनाईलाई चरितार्थ गरेको निर्माण पक्षले जनाएको छ। नेपाली समाजमा एउटा परिवार भित्र कस्तो किसिमको घटना घटिरहेको छ र परिवारमा तालमेल नमिल्दा के के भइरहेको छ भन्ने विषयलाई यो चलचित्रले समेटेको निर्देशक दिनेशराज शर्माले बताए। ‘समाजभित्र लुकेको तितो यथार्थलाई हामीले चलचित्रमा देखाउन खोजेका छौ’ निर्देशक शर्माले भने ‘त्यसैले पनि यो एकपटक हरेक परिवारले हेर्नैपर्ने चलचित्र हो।’चलचित्रमा सुभाष मेचे,पुजना स्त्री,सुनिल थापा,दिनेश डिसी,सुरज आर.डी,ममता प्रधान लगायतका कलाकारहरुले अभिनय गरेका छन् । नेपाली चलचित्रको मुल धारमा बनेको यो चलचित्रलाई निर्माण पक्षले ‘मेल सेन्टीमेन्टल’भनेको छ। शाहरुख खानको चेन्नाई एक्सप्रेसको रिलिज मितीसंगै रिलिज हुन लागेको यो चलचित्रले कतिको व्यापार गर्ला त्यो त समयले नै बताउनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.