‘लुङा मनोरंजनको प्याकेज हो’ : निर्देशक किरण



काठमाडौँ। किरण राईको निर्देशनमा तयार भएको चलचित्र ‘लुङा’ आगामी शुक्रवार अर्थात साउन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। बिर्तामोड झापाका स्थायी बासिन्दा किरणले दुई दर्जन भन्दा बढि म्युजिक भिडियो, दुई वटा वेब सिरिजको निर्देशन,छायाँकन तथा सम्पादन गरि सकेका छन्। किरण निर्देशन,छायाँकन र सम्पादन तिनै विधामा अब्बल छन्। बिभिन्न तालिमहरु लिएका उनले चलचित्र क्षेत्रमा आफ्नो गुरुको रुपमा दिपक रौनियार , नबिन सुब्बा र मिलन चाम्सलाई मान्छन् र मार्ग दर्शकको रुपमा ज्योतिराज राई र राजकुमार राईलाई लिनेगर्दछन् ।

किरण चलचित्र ‘लुङा’ प्रदर्शन पश्चात भुटानी शरणार्थिको कथालाई लिएर अर्को प्रोजेक्ट गर्ने तयारीमा रहेका छन्। निरन्तर चलचित्र क्षेत्रमा नै काम गर्ने सोचका साथ अघि बढेका किरण चलचित्र ‘लुङा’ मा आफुले सकेको मेहनत गरेको बताउछन्। उनले भने ‘चलचित्र रमाइलो बनेको छ, दर्शकले दुइ घण्टा पुरा मनोरंजन प्राप्त गर्नेछन्’ ।

निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’ मा निर्माता सन्जिब राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल /मनिशा पाठक/मेनुका घिमिरे /कैलाश राई /टि आर साम्सोहाङसह निर्माता रहेका छन्।

पूर्वमा छायाँकन गरिएको चलचित्रमा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भिम सेरमा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम,सुदिप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ। ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत,राजेश पायल राई,मेलिना राई,रचना रिमाल,आयुश प्रधान,निमा तामाङको गायन,सागर अर्यालको ध्वनि संयोजन,मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको,निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना,कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ।

भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन्। चलचित्रलाइ काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.