झरना थापा र मुकेशको लफडा दोस्रो हप्ता पनि जारी


Nirajan-Pradhan
(सेलिब्रेटी नेपाल) २४ साउन-गएको हप्ता रिलिज भएको चलचित्र लफडाले आशातीत भन्दा पनि राम्रो व्यापार गर्न सकेको चलचित्रका नायक निराजन प्रधानले जानकारी दिएका छन्। निर्माण क्रम देखि नै लफडा झेल्दै आएको चलचित्र लफडाका निर्माताले अहिलेको खस्कदो बजारमा यतिको व्यापार गर्ला भन्ने सोचेका थियनन्। दुइ निर्माता अशोक श्रेष्ठ र नारायण खतिवडा दुइ बीच खटपट हुँदा हुँदै पनि गयको हप्ता भोजपुरीको रिमेक चलचित्र प्रतिकार सँग चलचित्र जुधेको थियो। यो हप्ता सुक्रबार पनि एउटा मात्रै नेपाली चलचित्र रिलिज हुने भएकोले लफडाले दोस्रो हप्ता पनि हल पाउने भएको हो।

चलचित्रको निर्माण बजेट ८५ लाख भन्दा पनि माथि रहे पनि चलचित्र हेर्दा कुनै गजबको सीन नदेखिएको दर्शकले गुनासो गरेका छन्। दर्जन भन्दा बढी भिडियोमा काम गरि सकेका निराजन प्रधानको डेब्यु चलचित्रमा नायिका झरना थापा र मुकेश ढकाल का साथमा प्रमोद खड्का र दिपेन्द्र खड्काको मुख्य अभिनय रहेको छ। किशोर चौधरीले निर्देशन गरेको चलचित्रमा संगीत नारायण खतिवडा द्वन्द राजेन्द्र खड्गी तथा राजु के सी को छायाँकन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.