दुइ नायक नायिकाको करामत भाद्र ७ गते बाट


Karamat-Rohi
(सेलिब्रेटी नेपाल) २४ साउन -भाद्र ७ गते देखि रोहि श्रेष्ठले निर्माण गरेको चलचित्र ‘करामत’ले देश भर बाट आफ्नो करामत देखाउने पक्का भएको छ। दिनेश पौडेल निर्देशित चलचित्रमा दुइ नायक रोहि श्रेष्ठ,सुमन सिंह र दुइ नायिका सम्झना प्याकुरेल तथा सोनिया शर्माको ‘करामत’पर्दामा हेर्न पाइनेछ। चलचित्र लकको आईटम गीत आँखा झिमिक्क माल सामान गायब बाट चर्चा पाउन सफल नायिका सम्झना प्याकुरेल र ए टि एम बाट चर्चामा आएकी सोनिया शर्मा दुई नायिका भएका कारण चलचित्रमा ग्ल्यामर छ कि भनि निर्माता रोहि श्रेष्ठ संग सोद्धा उनले चलचित्र सोसियल ड्रामा र एक्सन मिश्रीत चलचित्र हो यसमा त्यस्तो कुनै भद्दा दृश्य नभएको र स परिवार संगै बसेर हेर्न मिल्ने चलचित्र भएको बताए।

नेपाली चलचित्र बजारमा कुनै सिस्टम नभएको र निर्माता आफु आफु नै जुधेर चलचित्र बजार घटेको रोहि श्रेष्ठको बुझाई रहेको छ। एकै दिन ३- ४ वटा चलचित्र प्रदर्शन हुँदा सबै निर्माता लाई घाटा हुन्छ रोहि बताउछन्। नायक तथा निर्माता रोहि श्रेष्ठ को चलचित्र ‘करामत’ले कस्तो करामत गर्छ रिलिज पछि नै थाहा हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.