सरोज खनालको ‘बगान’ देशभर प्रदर्शनमा



काठमाडौँ। अभिनेता सरोज खनालको निर्देशनमा बनेको चलचित्र ‘बगान’ देशभर प्रदर्शनमा आएको छ । एकल महिलाको कथालाई उठान गरेको चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्माको अभिनय रहेको छ । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन् ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

बैशाख १ गते बाट प्रदर्शनमा आएको चलचित्र बिहेपास आज बाटै फेरी प्रदर्शनमा आएको छ। प्रवेश पौडेल निर्देशित चलचित्रमा चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,बुद्धि तामाङ,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । रोहित कट्टेलको प्रस्तुतिमा रोजन श्रेष्ठले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामीछानकोको कोरियोग्राफी रहेको चलचित्र को कथा मर्रे केर,आकाश बराल र सजन काफ्लले लेखेका हुन भने पटकथा आकाश र सजनले बुनेका हुन् ।