आकाश र सलोनको ‘हिँड्दा हिँड्दै’को टिजर सार्वजनिक



काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हिँड्दा हिँड्दै’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लामो टिजरमा प्रेम, विछोड, रोदन र द्वन्द्वलाई स्थान दिइएको छ । कोरोना महामारीको समयमा छायांकन भएको चलचित्रमा आकाश श्रेष्ठ,सलोन बस्नेत,रेखा शाह,सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकार अर्विन थिङ्ग लगायतको अभिनय छ । मिलन आले मगरको निर्देशन रहेको चलचित्रमा सुशील पंगेनीको लेखन तथा निर्माण छ ।

विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा राज लामा निर्मातामा छन् । प्रमोद कुमार तामाङ र महादेश शाह सिनेमाको सह-निर्माता हुन् । चलचित्रमा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत तथा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।