मुकुन भुषालको निर्देशनमा चलचित्र ‘हेलिकप्टर’ बन्ने



काठमाडौँ। अभिनेता मुकुन भुषालको निर्देशनमा चलचित्र ‘हेलिकप्टर’ बन्ने भएको छ। सुदर्शन थापा प्रोडक्सन,सिने इक्विपमेन्ट र सिम्पल एड मिडियाको निर्माणमा बन्ने चलचित्र ४५ मिनेटको हुनेछ। बाल मनोविज्ञानमा आधारित कथामा बन्न लागेको चलचित्र बिभिन्न फिल्म फेस्टिभलको लागी टार्गेट गरेर निर्माण गर्न लागेको निर्माता सत्यराज चौलागाईंले बताए। आफुले चलचित्र क्षेत्रमा प्रवेश गर्दा देखेको सपना पुरा गर्ने उदेश्यले यो चलचित्र निर्देशन गर्न लागेको अभिनेता मुकुन भुषालले बताए। म आफु आफ्नो परिचय अभिनेताको नै हो निर्देशक एउटा यो प्रोजेक्टको लागी मात्र हो उनले भने। सुदर्शन थापा,बसन्त निरौला र सत्यराज चौलागाईं चलचित्रका निर्माता हुन्। चलचित्रका कलाकार तथा अन्य क्रूहरु फाइनल हुन बाँकी रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.