‘पापी मान्छे’ को सिक्वेल ‘पापी मान्छे ३’ बन्ने



काठमाडौँ। १८ बर्ष अघिको सुपर हिट चलचित्र ‘पापी मान्छे’ को सिक्वेल ‘पापी मान्छे ३’ बन्ने भएको छ। आर सी पिक्चर्सको ब्यानरमा राज कुमार राइको निर्माणमा बन्ने चलचित्र ‘पापी मान्छे ३’ लाई निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गर्ने छन्। चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो। सार्वजनिक फर्स्टलुक पोस्टरमा चिपाञ्जिलाई राखिएको छ। चलचित्रमा जनावरको भूमिका बिसेष रहने निर्देशक पराजुलीले बताए। पापी मान्छे १ र पापी मान्छे २ मा कुकुर र बाँदरको बिसेष भूमिका रहेको थियो। चलचित्र कहिलेबाट फ्लोरमा जाने अहिले फिक्स हुन बाँकी रहेको छ। चलचित्रमा अहिलेका चल्तीका कलाकारहरु नै रहने निर्देशक पराजुलीले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.