‘अहिंसा’ प्रचारमा तिमि आयौ माया लायौ (भिडियो)


ahimsa poster
(सेलिब्रेटी नेपाल) २३ साउन-प्रसिद्दि सिने मेकर्स प्रा लि को ब्यानरमा डिक खड्काको प्रस्तुति रहेको चलचित्र ‘अहिंसा’ को प्रचार प्रसार सुरु भएको छ। चलचित्रको फर्स्ट लुक पोस्टर तथा यु ट्युब मार्फत चलचित्रको गीत सार्बजनिक भएको छ। निर्देशक मेगराज पौडेल को निर्देशनमा तयार भएको चलचित्रका निर्माता बिरेन्द्र खड्का रहेका छन्। बुद्दले दिनु भएको अहिंसा बादी सिदान्त बाट प्रभावित रहेर हत्या हिंसा बिरुद्द आवाज उठाउने चलचित्र ‘अहिंसा’ ले हिंसा बिरोधि समाजको निर्माणको सन्देस दिने प्रस्तुतकर्ता डिक खड्का बताउछन्।

चलचित्रमा करण के सी र एलिना बास्कोटाको मुख्य भूमिका रहेको चलचित्रको सम्पूर्ण सुटिंग सुदुर पस्चिमान्चल भएको हो। भाद्र २० गते बाट विभिन्न शहरमा च्यारिटी तथा विदेशमा प्रदर्शन पश्चात मात्र नेपालका सिनेमा घरमा चलचित्र लगाइने जानकारी निर्माण युनिटले गराएको छ। लामो समय नेपाली चलचित्रमा प्राबिधिक बनेर काम गरेका डिक खड्काले निर्माण गरेको यो चौंथो चलचित्र हो। यस चलचित्रमा बसन्त सापकोटाको संगीत,जनक गुरुङको द्वन्द सौरभ लामाको छायांकन तथा तारा थापा  किम्भे को सम्पादन रहेको छ। बलिवुडमा ट्रेनिंग तथा भोजपुरी चलचित्र हरुमा अभिनय गरेका करण के सी यसै चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्न लागेका हुन्।

ahimsa-video-clip

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.