वानएक्स बेट प्रकरण कलाकारमाथिको अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन



काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले वानएक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरमाथिको अनुसन्धान सकेको छ ।काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धान सकेर प्रतिवेदन बुधबार सरकारी वकिलसमक्ष बुझाइएको बताए ।

प्रहरीले यो प्रकरणमा मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४, ५ र ६ बमोजिम सजाय मागदाबी गर्न सुझाएको छ । प्रोमो कोड प्रयोग गरेर वानएक्स बेट प्लेटफर्मको गैरकानुनी ढंगमा प्रचारप्रसार गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले सट्टेबाजी गर्ने कम्पनीबाट पैसा समेत लिने गरेको प्रहरीले जनाएको थियो ।

गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो), बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरु एलिश राई, जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जीडी)लाई पक्राउ गरेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.