शिव रेग्मीको चलचित्र निर्देशन यात्रा


shiv-regmi
 (सेलिब्रेटी नेपाल)२३ साउन-निर्देशक शिव रेग्मी नेपाली चलचित्रका ब्यबसायिक रुपमा  सफल निर्देशकका रूपमा चिनिन्छन् । उनले निर्देशन गरेका आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुखदु:ख, मुग्लान, हामी तीन भाइ, कहाँ भेटिएलालगायत थुप्रै चलचित्रले नेपाली चलचित्रको इतिहासमा व्यावसायिक रेकर्ड कायम गरेका छन् ।विशेषगरी नारी संवेदनामाथि चलचित्र निर्माण गरी सफलता हासिल गरेका रेग्मीले आफन्तदेखि सो सिम्पलसम्म २० वटा चलचित्र निर्देशन गरिसकेका छन् ।
नारायणी कला मन्दिरमा आबद्ध भई रंगकर्ममा रमाइरहेका उनले आफूलाई प्रेमपूजा, मोहनी, अल्लारेलगायत चलचित्रबाट कुशल स्क्रिप्ट राइटरका रूपमा स्थापित गरे । सोही क्रममा उनी पहिलोपटक चलचित्र आफन्तबाट निर्देशन फाँटमा उत्रिए । आफन्त सफल भयो । त्यसपछि उनले आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, सुखदु:ख, मुग्लान, हामी तीन भाइ, मानिस, दुनियाँ, राम–बलराम, युद्ध, कहाँ भेटिएला, हाँसिदेऊ एक फेर, साथी म तिम्रो, मनले मनलाई छुन्छ, पराई, फूल र सो सिम्पल निर्देशन गरे ।
मानिस उनी आफैँले निर्माण गरेको चलचित्र हो । सो चलचित्रले उनलाई ब्यबसायिक रुपमा घाटा पुर्‍यायो । त्यसैगरी पछिल्लो समय प्रदर्शित फूल र सो सिम्पल पनि असफल भए । उनको पराई र मनले मनलाई छुन्छ, दुई चलचित्र प्रदर्शन हुन बाँकी छन् । बिरामी भएका कारण योजनामा रहेका तीनवटा नयाँ चलचित्रको काम अघि बढ्न सकेको छैन। हाल उनि दुवै मृगौलाले काम गर्न छाडे पछि उपचारको क्रममा रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.