चलचित्र ‘हात्तीछाप’ को वर्कशप सुरु



काठमाडौँ। सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘हात्तीछाप’ को वर्कशप सुरु भएको छ । आइतवारदेखि सुरु भएको वर्कशपमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भए । ४ दिन वर्कशप गरेपछि चलचित्रको छायांकन सुरु गरिने निर्माता किरण नेपालीले जानकारी गराए ।

चलचित्रलाई सामाजिक कथावस्तुमा तयार गर्ने किरणको भनाई छ । चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा अभिनेता सौगात मल्लको पनि मुख्य भूमिका रहेनछ । तर, सौगातले भने चलचित्रको छायांकनमा साउन लागेपछि मात्र आफूलाई जोड्नेछन्। चलचित्रमा सुशन प्रजापतिको छायांकन रहनेछ । चलचित्रमा दया, सौगात, उपासनाको साथमा विल्सन विक्रम राई, गौरव पहारी, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.