ओस्कारमा कुन नेपाली चलचित्र पुग्ला ?


diya-kiss seen

(सेलिब्रेटी नेपाल) २२ साउन-विदेशी भाषी चलचित्र छनोट समितिले ओस्कार चलचित्र फेस्टिभलमा पठाइने चारवटै चलचित्रलाई हेरेको छ। नेपालबाट चलचित्र सुनगाभा, साँघुरो, बधशाला र शिरिषको फूल ओस्कार यात्राको सूचीमा पर्न सफल भएका छन्। यी नेपालमा प्रदर्शन भैसकेका चलचित्र हुन्। चलचित्र विकास बोर्डमा हेरिएका चलचित्रको हाल समीक्षात्मक टिप्पणी भैरहेको छनोट समितिका अध्यक्ष विमल पौडेलले जानकारी गराए। छनोट समितिमा अध्यक्ष पौडेलसहित लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, राजुविक्रम थापा र लोकेन्द्र पराजुली (कपील) छन्। नेपाली छनोट समितिले ओस्कार समितिलाई सोधेको जिज्ञासाको जवाफ आएपछि यही साता चारमध्ये एक चलचित्रलाई छनोट गरिने छ।

चारवटै चलचित्र ओस्कार यात्राको लागि उचित रहेको अध्यक्ष पौडेल दाबी गर्छन्। सिफारिस गरिएको चलचित्रलाई आउँदो असोज २५ गतेसम्म अमेरिकाको लस एञ्जल्समा पठाइसक्नु पर्नेछ। नेपालबाट प्रतिनिधित्व गर्दै जाने चलचित्र ओस्कारको मुख्य छनौट समितिमा पुग्नेछ। त्यहाँबाट पनि छनौट भएमा मात्र ओस्कारको विदेशी भाषी चलचित्र पुरस्कारको नोमिनेशनमा पर्नेछ

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.