आकाश श्रेष्ठको चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ मा आउने



काठमाडौँ। चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ गते प्रदर्शनमा आउने भएको छ । मिलन आले निर्देशीत तथा सुशील पंगेनी लिखित र निर्मित चलचित्रको आज फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । बिमल श्रेष्ठको प्रस्तुति तथा राज लामा निर्माता रहेको चलचित्रमा आकाश श्रेष्ठ,रेखा शाह,सलोन बस्नेत, सानिया खान लगायतका कलाकारले अभिनय गरेका छन ।

‘हिड्दा हिड्दै’ को निर्मातामा प्रमोदकुमार तामाङ,राजकुमार थिङ र पारस गुरुङ रहेका छन् । महादेव शाह सहनिर्माता रहेको चलचित्रमा सुमन तण्डुकारको छायांकन, बसन्त सापकोटा र किरण माइकलको संगीत,कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्ध निर्देशन रहेको चलचित्रमा मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । चलचित्रमा युवापुस्तामा मौलाइरहेको प्रेम र समर्पणको कथा प्रस्तुत गरिएको छ । चलचित्रको वितरण आरआर फिल्म्सले जिम्मा लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
विशेष संवाददाता: सुशील नेपाल

सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2024 | All Right Reserved.