लिलाको ‘सिमाना’ सार्वजनिक (भिडियो)



काठमाडौ । लेखक तथा गीतकार लिला सेलिङ् माबोको शब्दमा ‘सिमाना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ बिजेता गायक करण राईको स्वरमा सार्वजनिक भएको गीतलाई देबेश राईले संगीत तथा एरेञ्ज गरेका छन् । गीतकार लिला र श्रीप्रसाद माबो निर्माता रहेको गीतलाई करण राई युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा स्वंयम गायक करणको साथमा भ्वाईस अफ नेपालबाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय देख्न सकिन्छ । निर्देशक शानले सिमाना टाईटलको गीतलाई बनिरहेको म्युजिक भिडियो भन्दा फरक रुपले निर्देशन गरेका छन् । एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको भिडियोमा डिओपी अर्जुन तिवारी, सिनेमाटोग्राफर बुद्ध थापाको र सम्पादन सुप्रिम पराजुलीको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.