विशाल र अस्मिताको ‘दिलमा ठाउँ दियौ’ सार्वजनिक (भिडियो)



काठमाडौं । गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विशाल निरौलाको शब्द, संगीत, मिक्सिङ र मास्टरिङ छ । आर्ट मुभिजको प्रस्तुति रहेको भिडियोमा शिव आर ठकुरी र सिजल कडरिया फिचर्ड छन् । भिडियोमा दुवैलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।

अष्ट्रेलियामा फिल्म निर्माणको अध्ययन गरिरहेका शिवले बिदामा नेपाल आएको मौका पारी भिडियोमा अभिनय गरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको डीओपी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर संयोजन रहेको छ। भिडियो सुधिर श्रेष्ठको अफिसियल मार्फत सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.