भारतकी चर्चित अभिनेत्री सुलोचनाको निधन



एजेन्सी। हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचनाको निधन भएको छ। सुलोचनाको आइतबार मुम्बईमा निधन भएको हो। उनी ९४ वर्षकी थिइन्। सुलाेचनाले २५० हिन्दी र ५० मराठी फिल्ममा अभिनय गरेकी छन्। समाचार एजेन्सी पिटिआईका अनुसार सुलोचना विगत केही दिनदेखि बिरामी थिइन्।

सुलाेचनालाई मे ८ मा दादरको सुश्रुत अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले आइतबार साँझ ६ बजे अन्तिम सास लिइन्। सुलोचनाले मराठी फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन्। सन् १९६०देखि ९० को दशकको सुरुवातमा देव आनन्द, सुनिल दत्त, अमिताभ बच्चन, धर्मेन्द्र र राजेश खन्ना जस्ता सुपरस्टारको आमाको भूमिकामा अभिनय गरिन् । उनले सन् १९९९ मा पद्मश्री र २००४ मा फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड पाइन् । सन् २००९ मा महाराष्ट्र सरकारले उनलाई प्रतिष्ठित महाराष्ट्र भूषण अवार्ड प्रदान गरेको थियो ।

उनले ‘कोरा कागज’, ‘मुकद्दर का सिकन्दर’, ‘हिम्मतवाला’, ‘अन्दर-बहार’, ‘दिल देके देखो’, ‘आदमी’, ‘जनी मेरा नाम’ जस्ता चलचित्रमा काम गरेकी थिइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.