‘नीरफुल स्कृप्ट नै बलियो बनेको चलचित्र हो’ दयाहाङ



काठमाडौं। अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘नीरफूल’ यही २६ जेठबाट देशब्यापी रिलिज हुने भएको छ । यो चलचित्रको बारेमा काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङले मौलिक कथा र बिरलै हुने घटनामा केन्द्रित भएकाले आफुले चलचित्र ‘नीरफूल’मा अभिनय गरेको बताएका छन् । उनले यो चलचित्रको स्कृप्ट नै बलियो रहेको जिकिर गरे ।

यो चलचित्रमा दयाहाङ राईसँगै शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा, बिजय लामालगायतको अभिनय रहेको छ । रेखा थापा यो चलचित्रमा विशेष भूमिकामा छिन् । बाल गायिका जिम्मे छ्योइकी र नाट्यकर्मी शान्ति वाइबाले यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गरेका छन् ।

यो चलचित्रमा तामाङहरुको मौलिक संस्कृतिलाई पनि दर्शकले नजिकबाट चिन्ने अबसर पाउने दयाहाङले बताएका छन्,‘तामाङहरुमा पनि बुद्धिजम र तान्त्रिजम गरी दुईवटा समुदाय रहेछ । विवाहबाट यी दुई समुदाय जोडिएपछिको पारिवारिक सम्रचनादेखि उनीहरु नामाकरण तथा अन्य धेरै संस्कृतिहरु पनि यो चलचित्रमा देख्न पाईन्छ ।’ यो चलचित्रका पात्रको नामाकरण देखि यसले उठाएको बिषयबस्तु धेरै कुरा मौलिक भएको पनि दयाहाङले जिकिर गरे ।

दयाहाङले यसमा आफ्नो थातथलो नेपालको नक्साबाटै गुमेको र भूकम्पपछि आफ्नो परिवार नै हराएको नीरिह नेपाली नागरिकको भूमिका निर्वाह गरेका छन् । आफ्नो नागरिक प्रति यो राज्य कतिसम्म गैर जिम्मेवार रहेको छ भन्नेकुरा दयाहाङको भोगाईमार्फत गैह्र जिम्मेवार तथा लाचार राज्यव्यबस्थालाई यो सिनेमा मार्फत दर्शाईएको छ । यसैले यो चलचित्रले समसामयिक राज्य व्यबस्थाको कहालिलाग्दो कथासमेत भन्ने यी अभिनेताले बताएका छन् ।

यो चलचित्रका निर्देशक एवम् बरिष्ट सञ्चारकर्मी फुलमान बलमा हाम्रो समुदायको कथालाई केही फरक शैलीमा भन्ने कला रहेको पनि यी अभिनेताले बताएका छन्,‘दुई दशकदेखि मुलधारको पत्रकारिता गर्नु भएको फुलमान सरमा कथालाई लेखनसँगै दृष्यबाट राम्ररी भन्न सक्ने गजवको कला रहेछ भन्नेकुरा चलचित्र नीरफूलबाट मैले अनुभव गर्न पाएँ । यो चलचित्र एउटा कालजायी सिनेमा बन्ने विश्वास मैले लिएको छु ।’

यो चलचित्रमा आफुल् निर्वाह गरेको भूमिका दर्शकका लागि निकै रोचक हुनसक्ने अभिनेता दयाहाङको कथन छ,‘जीवनमा मैले कहिल्यै गोठालो भएर भेडा चराएको थिईन् । भेडा चराउँदा कसरीलाई त्यसलाई माथि तिर लाने, कसरी तल झार्ने, तिनीहरुलाई कसरी नुन खुवाउन, कसरी स्याहार गर्ने भन्नेबारे त विशेष कलाको हुनुपर्दो रहेछ ।’ यो चलचित्र खेलेपछि आफुले भेडी गोठालो बन्न त्यत्ति सजिलो नभएको महसुस गरेको उनले बताएका छन्,‘गोठाले भन्ने काम बाहिरबाट हेर्दा जति सजिलो छ, गर्न त निकै गाह्रो पो हुँदो रहेछ । जीवनमा पहिलो पटक यो चलिचत्रबाट मैले भेडा गोठालेको सँघर्षपूर्ण अनुभव सँगाल्ने अबसर पाएँ ।’ जुन उनको लागि निकै रोचक बनेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.