लफडा सँगै प्रतिकार


rekha-thapa cbn(सेलिब्रेटी नेपाल) १८-कुनै बेला चलचित्र रिलिज गर्न निर्माताहरुको हान थाप हुने गर्दथ्यो एकै हप्ता चार चलचित्र सम्म रिलिज हुने गर्दथे। अहिले नेपाली चलचित्रको व्यापारमा मन्दी आउन थालेपछि निर्माताहरु आफ्नो चलचित्र  रिलिज गर्न डराइ रहेका छन्। त्यसको प्रतिफल आज शुक्रबारबाट  खासै प्रचार प्रसारमा नआएका दुई चलचित्र ‘लफडा’ र ‘प्रतिकार’ रिलिज भएका छन्।
 नारायण खतिवडाले निर्माण गरेको ‘लफडा’लाई  किशोर चौधरीले निर्देशन गरेका छन्। नारीप्रधान यस चलचित्रमा लफडाले कसैलाई फाइदा नपुग्ने सन्देश दिन खोजिएको निर्देशक चौधरीले जानकारी दिएका छन्। ‘लफडा’मा मुकेश ढकाल, झरना थापा, रागिनी खड्की, प्रमोद खड्का, सुनिल थापा, मुकुन्द थापा, सुनिल दत्त पाण्डेलगाएतको कलाकारको अभिनय रहेको छ। ‘लफडा’मा राजु केसीको छायाकंन राजेन्द्र खड्कीको एक्सन र सुरेश चौधरीको कोरियोग्राफी रहेको छ।
आज बाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘प्रतिकार’लाई सानु शाक्यले निर्देशन गरेका हुन्। निर्माणको लामो समयपछि प्रदर्शन हुन थालेको यो चलचित्र भोजपुरी फिल्म ‘हम है हिरो हिन्दुस्तानी’को नेपाली रिमेक हो। चलचित्रमा विराज भट्ट र रेखा थापालाई मुख्य भूमिकामा देख्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.