(सेलिब्रेटी नेपाल) १८ साउन-आनी छोईङ डोल्माले भारतिय संगितकार एआर रेहमानको संगितमा गित गाएकी छिन्। रहमानले कम्पोज गरेको गीतमा आनी र जोर्डनकी गायिका फराहा सिराजले मुख्य आवाज दिएका छन्। पारम्परीक बुद्धिष्ट र जोर्डनको संगितलाई जोडेर रेहमानले नयाँ सिर्जना गरेका छन्। रहमान यस्तो नयाँ नयाँ प्रयोग गर्न माहिर मानिन्छन्। एमटिभीको कोक स्टुडियो कार्यक्रममा आनीले उक्त प्रस्तुती गरेकी हुन्। एमटिभी कोक स्टुडियो संगित पारखीहरुमाझ चर्चित सांगितिक कार्यक्रमका रुपमा परिचित छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस >>>>>>>>>>>>>>>>>>>भिडियो हेर्न यहाँ क्लिक गर्नुस >>>>>>>>>>>>>>>>>>>