सुजाता र अर्जुन स्वरमा ‘धन सम्पति’(भिडियो)



काठमाडौँ। गायिका सुजाता केसी र अर्जुन पोखरेलको स्वरमा ‘धन सम्पति’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ ।

माधव शर्माको निर्देशन रहेको गीतको भिडियोमा उषा उप्रेती र रोशन केसीको अभिनय देख्न सकिन्छ । सुजाता केसी युटुव च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको सम्पादन विकाश ज्ञावालीले गरेका छन् भने नरेश उप्रेतीको छायाँकन रहेको छ ।