एनएनटिभीमा सामाजिक धारावाहिक श्रृंखला ‘सिसा’ (भिडियो)



काठमाडौं । देशको समसामयिक विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको धारावाहिक टेलिश्रृंखला ‘सिसा’को नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी)बाट प्रसारण आरम्भ गरिएको छ । निर्देशक ओम प्रतिकको निर्देशन रहेको यो श्रृंखलाको जेठ १३ गतेदेखि प्रसारण आरम्भ गरिएको हो भने अबदेखि प्रत्येक शनिबार राति ८:४५ बजे यो श्रृंखलाको नियमित प्रसारण हुने जानकारी प्राप्त भएको छ ।

समाजका हरेक घटनाहरु सिसा जस्तै पारदर्शी किन हुँदैनन् ? भन्ने मुख्य प्रश्न यो श्रृंखलामा उठाइएको छ । डिएआर मुभिज एण्ड फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण गरिएको टेलिश्रृंखला सिसामा पटकथा तथा संवाद निर्देशक र शुसिल देवकोटाको रहेको छ भने सुरेश बज्राचार्यले यसको छायाँकन गरेका छन् ।

नबिन भट्टको सम्पादन रहेको श्रृंखलामा ब्याकराउण्ड स्कोर सम्राट थापा र कुमार महर्जनको थ्रील रहेको छ । श्रृंखलामा निर्देशकका साथमा नबिन श्रेष्ठ, अमिषा बस्नेत, अनुपमा भण्डारी, धर्मेन्द्र आचार्य, रवि कार्कीं, निक्स शर्मा, विकास चापागाईं, जगदिश अधिकारी र शुसिल देवकोटा तथा बालकलाकारमा जीविका गौतम र जीवन गौतमले अभिनय गरेका छन् ।