रोहितको ‘फर्की फर्की’ मा अनमोल र जसिताको जोडी



काठमाडौंँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको जोडी दर्शकले पर्दामा देख्न पाउने भएका छन् । निर्माता रोहित अधिकारीले बनाउन लागेको फिल्म ‘फर्की फर्की’ मा अनमोल र जसिता जोडीको रुपमा देखिने भएका हुन् । निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत फिल्मका लागि अनमोल र जसिता फाइनल भएको जनाएका छन् । यो जोडी यस अगाडि भुवन केसीको निर्माण रहने फिल्म ‘एन्टी हिरो’ मा देखिने चर्चा थियो । फिल्म निर्माणको काम भने अगाडि बढ्न सकेन ।

रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘फर्की फर्की’ सुयोग गुरुङले निर्देशन गर्दैछन् । सुयोगले यसअगाडि फिल्म ‘सानो मन’ निर्देशन गरेका थिए । फिल्मको छायांकन जेठको अन्तिमबाट सुरु गर्ने तयारी रोहितको छ । तर, यदि पानीले दुःख दिएको खण्डमा भदौमा फिल्मको छायांकन पुग्नेछ । फिल्मको छायांकन नेपालकै बिभिन्न स्थानमा हुनेछ ।

रोहित लभ स्टोरी कथामा खगेन्द्र लामिछाने र दिव्या रायमाझीलाई लिएर नयाँ फिल्म ‘बरिष्ठ बलराम’ निर्माणको तयारीमा पनि छन् । रोहितको यो बर्ष तीन फिल्म निर्माण गर्ने योजना रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.