नम्रता र अर्पणको मौन असोज ११ बाट खुल्ने


Namrata-shrestha-arpan
(सेलिब्रेटी नेपाल) १७ साउन-क्वार्क फिल्म र आदित्य इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बनेको पहिलो चलचित्र ‘मौन’ असोज ११ गते बाट प्रदर्शनमा आउने भएको छ। सुरज भुसाल निर्देशित चलचित्रमा अर्पण थापा र नम्रता श्रेष्ठको मौन जोडी देख्न सकिन्छ। मौन जोडी यस अर्थमा हो कि दुवै जना चलचित्र भित्र कान सुन्न नसक्ने पात्रका रुपमा अभिनय गरेका छन्। मौन बिषयमा बोल्दै चलचित्रका निर्देशक भुसाल चलचित्र भित्र के के छन् भन्ने बिषयमा आफु अहिले मौन नै रहने बताए। ‘चलचित्रमा सबैले मेहनत गरेका छौ बाँकि दर्शकको हातमा’ नम्रताले मुख खोलिन्। राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा चलचित्रको प्रोमो तथा भिडियो सार्बजनिक गरिएको छ। Namrata-shrestha-maun
चलचित्रमा कथा नबिन गौली,पटकथा/सम्बाद अर्पण थापा,गीत भुपेन्द्र खड्का,क्यामेरा संजय लामा,सम्पादन निमेष श्रेष्ठ संगीत सुगम पोख्रेल र स्वप्निल शर्माको रहेको छ। कलाकारमा नम्रता र अर्पणका अलावा शेखर चापागाई,बसन्त भट्ट,अरुणा कार्की,विजय बराल,दुर्गा बराइली आदिको मुख्य भूमिका रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.