निश्चलको ‘दिमाग खराब’मा दयाहाङ,खगेन्द्रदेखि स्वस्तिमा सम्म



काठमाडौं। निश्चल बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘दिमाग खराब’मा अभिनय गर्ने मुख्य कलाकारको लाइन अप पूरा भएको छ । सोमबार सार्वजनिक चलचित्रको पोस्टरमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय बरालको नाम निर्देशक बस्नेतले उल्लेख गरेका छन् ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रले जनता र शक्तिको कथा भन्नेछ । निर्देशक निश्चल ७ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् ।

सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन रहने चलचित्रको पटकथा आकाश बरालले लेखेका हुन् । सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा रौनक विक्रम कँडेल छन् । जेठ १ गतेबाट छायांकनमा जाने तयारी भैरहेको चलचित्रको प्रदर्शन मिति आगामी कात्तिक २४ गतेलाई घोषणा गरिएको छ ।