चन्दन र बिनाको ‘जौ जौ मास ‘ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक रमण थामी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जौ जौ मास’ बोलको गीतमा शब्द मिराज बिक्रम सिंहको रहेको छ भने संगीत रमण थामीको रहेको छ। भिडियोमा चन्दन जैसवाल र बिना राउत फिचर्ड छन्।

रोमान्टिक गीतको भिडियोको निर्देशन रणधीर श्रेष्ठ र अजय विजय शाहले गरेका हुन्। शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोको छायाँकन र सम्पादन रणधीर श्रेष्ठले गरेका हुन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।