साइकोले साँचै बनायो साइको


Barsha-raut
(सेलिब्रेटी नेपाल) १५ साउन-चलचित्र साइकोले चलचित्र बजारमा साइको बनाइ रहेको छ।’साइको’मा वर्षा राउतलाई नायिकाको रूपमा काम गराइएको छ। भनेर मिडियामा समाचार आई रहदा वर्षा राउतलाई अहिले टाउको दुखि राखेको छ। अस्ट्रेलियामा चलचित्रको व्यापार गरिदिने बचनबद्धता जनाएपछि वर्षालाई लिइएको बताइए पनि वर्षा लाई आफ्नो समाचार मिडियामा हेरेर आफु कुनै चलचित्रको नायिका बनेको जानकारी प्राप्त हुँदा अचम्ममा परेकी छिन्। नेपाल बाट बाहिर कुनै पनि देशमा आफ्नो पाइला नाराखेकी र आफ्नो बिदेशमा कुनै पहुँच नभएकी वर्षाले आफुले अस्ट्रेलियामा चलचित्रको कसरि व्यापार गरिदिनु सेलिब्रेटी नेपाल सँगको भेटमा बताईन्। नेपाली चलचित्र बजारमा विभिन्न समयमा यस्ता घटनाहरु भई रहने गर्दछन्। कहिले निर्माता निर्देशक त कहिले नायक नायिका कहिले को तल कहिले को माथी यस्तो भई रहन्छ तर किन यसको जवाफ भने मिल्दैन।

सुरुमा ‘साइको’मा नायक संयम पुरीलाई लिएको र पुरीले समय नभएकोले चलचित्र नखेल्ने बताएपछी निर्माण पक्षले निकालिएको भन्दै समाचार प्रकाशन गरेको थियो । त्यसपछी नायक विक्की मल्ल र नायिका सुरभी जैन बिष्टलाई आफ्नो चलचित्रको नायक नायिका भन्दै निर्देशक बलामीले लिएर हिँडे र आफु निकटका मिडियामा समाचार पनि मज्जैले पेले त्यस पछि फेरी नायिका नम्रता श्रेष्ठ लाई आफ्नो चलचित्रको नायिका भन्दै हिंडे फेरी अहिले आफुले चलचित्रकी नायिका भनेकी वर्षा राउत अहिले आयर समिर लाई पनि टाउको दुखाई बनेको छ। किशोर खतिवडा ,आरुष खतिवडा र नायिकामा मोनिका लाई लिने कन्फर्म भई सकेको निर्माण युनिटले जनाएको छ। जस जसको नाम आएको छ यी सबै बजारको बकवास हल्ला मात्र हुन् निर्माण युनिटले स्पस्टिकरण दिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.