आमाको फोटो नहुँदा बसुन्धरा,लक्ष्मी र रमालाई दिपकराज गिरीको आमा सम्बोधन



काठमाडौं । आज मातार्तीथ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन आमाप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ । आज कै दिन कलाकार दिपकराज गिरिले सामाजिक संजाल फेसबुकमा बसुन्धरा भुषाल,रमा थपलिया र लक्ष्मी गिरीलाई आमा सम्बोधन गर्दै फेसबुकमा स्टाटस सहित फेटो पोस्ट गरेका छन् ।

गिरीले लेखेका छन् ”आमा त हुनुहुन्न आमाको फोटो पनि छैन,तर उहाँहरुलाई धेरै पटक चलचित्रमा आमा भनेर सम्बोधन गरेको छु । उहाँहरुलाई भेट्दा आमा कै भाव आउँछ। उँहाहरु लगायत सबै साथी भाइका आमा र मलाई छोरा भन्ने सबै आमाहरुलाई नमन सबै आमाहरुको एक साथ मुख हेरें” भन्दै गिरीले वसुन्धरा भुषाल,रमा थपलिया र लक्ष्मी गिरीलाइ आमा सम्बोधन गर्दे फोटो पोस्ट गरेका छन् ।

आफनो जन्मदिने आमाको फोटो नहुदा जन्मदिने आमा को फोटो नभको भन्दै फेसबुकमा आफुले आमा मान्दै आएकी तीन कलाकार बसुन्धरा भुषाल,रमा थपलिया र लक्ष्मी गिरीलाई आमा भन्दै सम्बोधन गरेका हुन् । गिरीले अभिनय गरेका चलचित्रहरुमा वसुन्धरा भुषाल,रमा थपलिया र लक्ष्मी गिरी आमाको भूमिकामा देखिने गरेका छन् । हाल प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पन्जा ४’ मा लक्ष्मी गिरी दिपकको आमा बनेकी छन्।