३० दिनमा सकियो शोभितको ‘जय हो’



काठमाडौँ । शोभित बस्नेतको चलचित्र ‘जय हो’को छायाङ्कन सकिएको छ । शनिवार मुक्तिनाथमा चलचित्रको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । चलचित्रको छायाङ्कन ३० दिनमा सकिएको प्रस्तुतिकर्ता शोभित बस्नेतले बताए । कास्की र मुस्ताङको विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रको निर्देशन टेक पौरखी राईले गरेका हुन् ।

चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

कमेडी, एक्सन र लभ स्टोरी कथामा निर्माण भएको चलचित्रमा सुरेश न्यौपानेको कथा, सम्राट बस्नेतको द्वन्द, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी छ । सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटाको संगीत रहेको छ। सलिना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । चलचित्रको प्रदर्शन मिति अगामी भदौ ८ तोकिएको छ ।