बुनु श्रेष्ठको नेपाल भाषाको गीत ‘बहनिया मिला’ सार्वजनिक (भिडियो)



काठमाडौँ । गीतकार प्रकाशदीप श्रेष्ठको शब्द रचना तथा गायिका बुनु श्रेष्ठको स्वरमा रहेको नेपाल भाषाको गीत ‘बहनिया मिला’ सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । संगीतकार निल शाक्यको संगीत रहेको गीतमा भूपेन्द्र बज्राचार्यको संगीत संयोजन रहेको छ भने उक्त गीतलाई साउण्ड ईन्जिनियर महेश्वर मान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

प्रेमकथामा आधारीत म्युजिक भिडियोमा मोडल गायिका बुनु श्रेष्ठ र धिरेन शाक्यको अभिनय रहेको छ । भिडियोलाई उत्तम हुमागाईले छायाँकन गरेका छन् भने प्रेम रसाईलीको नृत्य निर्देशन एवं विकास धमलाको सम्पादन रहेको छ । प्रेम अनुभूति भल्कने उक्त गीतमा एक युवतीको आफ्नो प्रेमी प्रतिको विश्वासको भावलाई दर्शाईएको छ । गीत स्टुडियो साउण्ड मिल नामक युट्युव च्यानलबाट हेर्न सकिन्छ ।