भेन्स्ट्रिङ्ग राईको ‘परी २’ मा कविता (भिडियो)



काठमाडौँ। भेन्स्ट्रिङ्ग राई (प्रतीक राई) को नयाँ गीत ‘परी २’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।बिदेशी भुमीमा रहे पनि आफ्नो नेपाली गीत संगीतलाई माया गर्दै पहिले सार्वजनिक गरी सकेको गीतको मिल्दो जुल्दो सिक्वेल सार्वजनिक गरेका छन् । बिशेषत ब्यान्डको संगीतका रुचिकार गायकले सार्वजनिक गीतको भिडियोमा आफू स्वयं अभिनय गरेका छन्।

उनलाई डान्सिङ रियालिटी शो ‘बुगि वुगि’ कि बिजेता कबिता नेपालीले अभिनयमा साथ दियकी छन्। भिडियोको कथा बस्तु मा ‘परी’ भाग १ मा आफुले कल्पना गरेको परि जस्तै मायालु लाई ‘परी भाग २’ मा मिलन गराइएको र दुबै प्रेमिल जोडि मायामा सम्मिलित भयेको देखाइएको छ।

भिडियोलाई अमृत सुनुवार र संजय पौडेलले खिचेका हुन्। माधब बेलबासेको सम्पादन रहेको भिडियोका निर्देशक अमृत सुनुवार हुन्। भिडियो गायकको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.