मुकुन र लक्ष्मीको ‘विच्छेद’ मङ्सिर ८ गते



काठमाडौँ। अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको चलचित्र ‘विच्छेद’ को प्रदर्शन मिती तोकिएको छ । चलचित्र मङ्सिर ८ गते बाट प्रदर्शनमा आउने भएको छ। सत्यराज चौलागाईंको निर्देशनमा बनेको चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय र जीवन थापाले पनि अभिनय गरेका छन् ।

राज पण्डित,डिमेश श्रेष्ठ, सुबास राई र साबित्री बज्राचार्य निर्माता रहेको यस चलचित्रमा संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारी को सम्पादन, एसडि योगी, सुरज थापा र आशिश महरको संगीत, सत्यराज चौलागाई र राम अबिरलको शब्द,सुरेन बसेलको कोरियोग्राफी रहेको छ । गाउँले परिवेशमा आधारित रहेको चलचित्रको छायांकन रामेछापको एक गाउँमा गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.