बाउन्सर टोलि देश भर प्रचार प्रसारमा


Bouncer-visit
(सेलिब्रेटी नेपाल) १४ साउन-नायक प्रशान्त गिरीले निर्माण गरेको चलचित्र ‘बाउन्सर’ को देश भर प्रचार प्रसार सुरु भएको छ। चलचित्रको प्रमोशनका लागी निर्देशक मदन घिमिरे सँगै निर्माता तथा नायक प्रशान्त गिरी सहितको टोलीले मोसफलको यात्रा सुरु गरेको हो। काभ्रे फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र भदौ १४ गते बाट अल नेपाल रिलिज हुँदैछ। नेपाली चलचित्रको बजार र ब्यापार तथा दर्शकहरुको मनो भावना बुझ्ने उद्देश्यले ‘बाउन्सर’ टोली जिल्लाका सञ्चारकर्मीहरू सँगको अन्तरक्रियामा जुटेको निर्देशक घिमिरेले बताए।
नाम झैं चलचित्रमा होटल व्यवसायको सुरक्षार्थ खटिने सुरक्षाकर्मी अर्थात ‘बाउन्सर’हरुको कथा देखाइएको निर्देशक घिमिरेले जानकारी दिएका छन। अहिले बनिरहेको चलचित्र भन्दा आफ्नो चलचित्र उत्कृष्ट भएका कारण दर्शकले मन पराउने घिमिरेको विश्वास रहेको छ।  यो चलचित्रमा प्रशान्त गिरी र सुष्मा कार्कीको मुख्य भूमिका रहेको छ। सुष्माको उत्तेजक आइटम डान्सका कारण पनि चलचित्रको चर्चा चुलिएको छ। उनी यो चलचित्रमा डान्सबारमा काम गर्ने युवतीको भूमिकामा देखिएकी छिन। सुष्मा र प्रशान्तसँगै प्रज्जवल गिरी, रस्मी भट्ट, गोकुल सुवेदीको पनि अभिनय देख्न सकिन्छ।

Copyright © 2012 - 2026 | All Right Reserved.