अब प्रत्येक महिना बक्सअफिस रिपोर्ट सार्वजनिक हुन्छ: भुवन केसी



काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अव प्रत्येक महिना बक्सअफिस रिपोर्ट सार्वजनिक हुने बताएका छन् । चलचित्रको वास्तविक व्यवसाय बाहिर नआएका कारण बक्सअफिस सार्वजनिक गर्न लागेको उनले बताएका हुन् । चलचित्र कलाकार संघले बुधबार राजधानीमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदानसहित धन्यवाद तथा बधाई कार्यक्रममा पुगेका केसीले सेलिब्रेटी नेपालसँग कुरा गर्दै आगामी महिनाबाटै बक्स अफिस नियमित सार्वजनिक हुने बताए ।

‘हामी चलचित्र उद्योग भएन भन्छौ । तर चलचित्रको तर्फबाट राज्यका लागि दिनुपर्ने ट्याक्स तिर्न बहाना बनाउँछौ’ केसीले भने ‘बक्सअफिस नियमित गर्छाै र योगदान पनि दिन लगाउँछौँ ।’ बोर्डले मंगलबार वर्ष २०७९ मा सार्वजनिक प्रदर्शनमा आएका १३२ फिल्मको बक्सअफिस सार्वजनिक गरेको थियो । उक्त रिपोर्ट सार्वजनिक भएपछि बोर्ड तथा अध्यक्ष केसीको विरोध सुरु भएको छ ।

कतिपयले बक्सअफिसको रिपोर्टसँग आफ्नो फिल्मको व्यवसायको कमाइ नमिलेको समेत आरोप लगाएका छन् । अध्यक्ष केसीले आफूले सार्वजनिक गरेको बक्सअफिस रिपोर्ट सही भएको दाबी गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.