‘पठान’ पछी शाहरुख र दीपिका फेरी ‘जवान’ मा स्क्रिन शेयर गर्दै



एजेन्सी। ‘पठान’ सुपरहिट भएसँगै शाहरुख खान र दीपिका पादुकोण फेरि अर्को फिल्ममा सँगै देखिने भएका छन्। फिल्म ‘जवान’ मा उनीहरू सँगै देखिँदै छन्। शाहरुखले यस फिल्मको एक्शन मनोरन्जनको मुख्य भागको सुटिङ पूरा गरिसकेका छन्। ‘जवान’का गीतहरूको एउटा ठूलो अपडेट आएको छ, जसले शाहरुखका फ्यानहरूलाई थप खुशी बनाएको छ ।

‘जवान’ को टिमले अब अप्रिल महिनामा १० दिनसम्म २ वटा गीतको छायांकन गर्नेछ । शाहरुख खान र नयनताराले ‘जवान’को पहिलो गीत अप्रिलको पहिलो हप्तामा मुम्बईमा सुट गर्नेछन्, जसलाई अनिरुद्धले संगीत दिएका छन्। पहिलो गीतको छायांकन सकिएपछि शाहरुख अप्रिलको दोस्रो सातामै दोस्रो गीतको सुटिङ थाल्ने बताइएको छ।

दीपिका पादुकोण पनि यस गीतका लागि शाहरुख खानसँग जोडिने भएकी छन्। अब यो जोडीको लोकप्रियतालाई पुनः देख्न पाइने भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.