प्रताप र अस्मिताको ‘तिमीसंगै हुँदा’मा पल र कलाको रोमान्स (भिडियो)



काठमाडौं । प्रताप दास र अस्मिताको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमीसंगै हुँदा’ बोलको गीतमा निशा शर्मा अर्यालको रचना र सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो ओेएसआर डिजिटलबाट सार्वजनिकगरिएको हो ।

तिमीसँगै हुँदालाई निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन । जनक कार्की नृत्य निर्देशन रहेको गीतमा पल शाह र कला राई फिचर्ड छन् । रोमान्टिक लभस्टोरी गीतको भिडियोलाई राम केसीले खिचेका हुन भने सम्पादन, कलर र भिएफएक्स टेकेन्द्र शाहको रहेको छ ।

चलचित्र निर्माता तथा निर्देशक समेत रहेका दिनेश पाख्रिनले तिमीसँगै हुँदाको भिडियोलाई धेरै लगानीमा निर्माण गरेको बताएका छन् । गीत सर्लाहीको बागमती आसपास छांयाकन गरिएको छ । गीतले आन्तरिक पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने निर्माण पक्षले जनाएको छ ।