लामिछानेको निर्देशनमा ‘चित्रा’ बन्ने



काठमाडौँ। घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘चित्रा’ को निर्माण घोषणा गरिएको छ । बिहिबार राम नवमीको अवसरमा चलचित्रको कास्ट एण्ड क्रु घोषणा गरिएकोे हो ।

आगामी भदौबाट छायाँकनमा जाने चलचित्रमा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भुमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने चलचित्रले एक अडिनरी बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले बताए ।

निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको चलचित्र ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो चलचित्रको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भई रहेको छ । उनले ‘धौली, पञ्चेबाजा, अग्नीदहन’लगायतका चलचित्र निर्देशन गरिसकेका छन् ।

‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतीमा सन्तोष धिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने सिनेमाको कथा अजय अधिकारीले तयार पारेका हुन् । अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । चलचित्रमा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ ।

निर्माता अधिकारीले केही समय अगाडी ‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गरेका थिए । त्यो सिनेमा पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।