अरुण र शुभेक्षाको प्रेमकथा ‘प्रेमा’ प्रदर्शनमा



काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपालभर नयाँ नेपाली चलचित्र ‘प्रेमा’ रिलिज भएको छ । गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको यो लभ स्टोरी चलचित्रमा अरुण क्षेत्री, शुभेक्षा खड्का र श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् । प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको यो चलचित्रलाई निर्देशक भण्डारीले केही फरक शैलीमा प्रस्तुत गर्ने कोशिश गरेका छन् ।

चलचित्रमा अरुण र शुभेक्षाको प्रेमलाई बुनिएको छ । श्रृष्टीको भूमिका दर्शकका लागि सरप्राइज हुनसक्छ । निर्माता विवेक घिमिरेको निर्माणमा बनेको चलचित्र बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो ।

चलचित्रमा अरुण, सुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ । चलचित्रको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।