लगानी सुरक्षित तर्फ ए.टि.एम.


atm
(सेलिब्रेटी नेपाल) १२ साउन-गत मंसिर ९ गते रिलिज गरिएको चलचित्र ए.टि.एम २ शो प्रदर्शन पछि नेपाल सरकारले प्रतिबन्ध लगाएको थियो, अन्तत दर्शकको प्रतिक्षारत चलचित्र ए.टि.एमले श्रावण ११ गते बाट देशव्यापी प्रदर्शन थालेको छ।सेन्सर बोर्डले धेरै ठाउमा कैची चलाए पछि र व्लू फिल्ममा देखाइने जस्ता दृष्य हटाउन आदेश दिए पनि नहटाइ प्रर्दशन मा ल्याएको कारण सुचना तथा सन्चार मन्त्रालयले प्रहरि प्रशाशनलाइ आदेश दिइ चलचित्र प्रदर्शन गर्नको लागी रोक लगाएको थियो। निर्माण युनिटले अदालतमा मुद्दा हालेर अदालत एक पटक सेन्सर पास भई सकेको चलचित्र लाई चल्न दिनु भन्ने आदेश दिए पछि ए.टि.एम पुन देश भरका हलमा प्रदर्शनमा आएको हो।

चलचित्र एटिएम ले अश्लिलताको पराकास्टा नाघेको कारण केहि समय अगाडि आलोचित बनेको थियो। टिन एज का केटा हरु ए.टि.एम हेर्न हल सम्म पुगेका छन्। महिला र अलि पाको उमेरका दर्शकहरुको उपस्थिति न्यून छ। चलचित्रले मिश्रीत प्रतिक्रिया पाई रहेको छ। जे होस् यो वर्ष प्रदर्शनमा आएका चलचित्र मध्ये आफ्नो लगानी सुरक्षित गर्ने चलचित्रमा ए.टि.एम पर्न सफल देखिएको छ। यादव सिलवालले निर्देशन गरेको यो चलचित्रमा दिनेश थापा, सविना कार्की, जिया केसी, सोनिया शर्मा र खुस्बु खड्काको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.