‘बुलाकी’को ट्रेलर सार्वजनिक



काठमाडौं। अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भुमिका रहेको चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

टोपेन्द्र विष्टले निर्माण गरेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।

रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ । बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रलाइ शिब ढकालले छायाँकन गरेका हुन्।