‘नरिसाउन’ भन्दै आए गायक अनिश (भिडियो)



काठमाडौँ। गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। रंगमन्च दिवसको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो। किरण राईको छायाँकन निर्देशन र सम्पादन रहेको भिडियोमा रंगमन्चको कथा प्रस्तुत गरिएको छ। सार्वजनिक भिडियोमा संगै काम गर्ने युवा युवतीको भावनालाई समेट्न खोजिएको छ।

सार्वजनिक ‘नरिसाउन’ बोलको गीतमा शब्द गायक स्वयम्को रहेको छ भने संगीत आयुष प्रधानको रहेको छ। भिडियोमा भुवन सिंह राई, सारा राई,इशिका जबेगु,रोशनी स्याङ्ग्बो,सरोज खालिङ्ग,नोगेन लिम्बु,मोहन सुनुवार,पिंकी घिसिङ्ग,सुवाश लामाको अभिनय रहेको छ। भिडियो भुमिषा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.