दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को ट्रेलर सार्वजनिक



काठमाडौँ। बर्षकै प्रतिक्षित चलचित्र ‘बिहे पास’ को ट्रेलर सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्रको ३ मिनेट लामो ट्रेलरमा अभिनेता दयाहाङ र अभिनेत्री प्रकृतिको घर झगडा देखि सम्बन्धको कुरालाई स्थान दिइएको छ । ट्रेलरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको छ ।

प्रबेश पौडेल निर्देशीत चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिब ढकालले खिचेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको चलचित्रको पटकथा भने आकाश र सजनले लेखेका हुन् । रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्र दर्शकलाई नयाँ बर्ष २०८० को उपहार स्वरुप पस्कन लागीएको दावी निर्देशक प्रबेशको छ । ‘बिहे पास’ फिल्म बितरण कम्पनी आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको दोश्रो चलचित्र हो ।