चलचित्र नृत्य संघले बढायो नृत्य कलाकारहरुको पारिश्रमिक



काठमाडौँ। नेपाल चलचित्र नृत्य संघले फिल्म, म्युजिक भिडियो वा विदेशी फिल्ममा नृत्य गर्ने कलाकाररुको पारिश्रमिक बढाएको छ । नृत्य संघका महासचिव दिपेन्द्र तिमिल्सिनाले जारी गरेको विज्ञप्तीमा बढ्दो महंगीलाई ध्यानमा राख्दै कलाकारहरुको पारिश्रमिक बढाएको उल्लेख छ ।

नेपाली फिल्म एवं सबैखाले भाषाभाषीका फिल्मका गीतहरुका लागि एउटा गीतमा नृत्य गर्ने कलाकारको पारिश्रमिक ३ हजारदेखि ६ हजारसम्म पुर्याइएको छ । एक दिनमा सकिएमा ३ हजार, २ दिनमा सकिएमा ५ हजार र तिन दिनमा सकिएमा ६ हजार तोकिएको छ ।

यस्तै, म्यूजिक भिडियोको हकमा भने एक दिनको २ हजार पारिश्रमिक तोकिएको छ । यस्तै, विदेशी फिल्मका गीतहरुमा नृत्य गर्नुपरेमा एक दिनको ३ हजार पारिश्रमिक तोकिएको छ ।

आउँदो बर्षको बैशाख १ गतेबाट लागू हुने गरि यो पारिश्रमिक बढाइएको नृत्य संघले उल्लेख गरेको छ ।