सेक्स भनेको डाइरेक्टरले गराउने अरे (भिडियो)


Rajesh-Hamal-karishma
(सेलिब्रेटी नेपाल) ११ साउन-सेक्स भनेको डाइरेक्टरले गराउने अरे डाइरेक्टरले नगराए के क्यामेरामेनले गराऊछ? यो डाइलग हो चलचित्र ‘किन किन’को नयाँ प्रोमो भित्रको सबको दिमाग खराब गर्ने भनिएको चलचित्र ‘किन किन’साउन ३२ मा अल नेपाल रिलिज हुँदै छ। चलचित्र किन किनले किस, सेक्स, माया, वासना र भावनाको कथा भन्छ । उकेश दाहाल निर्देशित चलचित्रमा महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, अरुणिमा लामा, राज तिमल्सिना, शशि खड्काको आकर्षक अभिनय रहेको छ। साउन 3२ मा अर्को नेपाली चलचित्र ‘महसुश’ र बलिउड सिनेमा ‘वन्स अपन अ टाइम इन मुम्बई दोबारा’रिलिज हुने छ।

उकेश दाहालले निर्देशन गरेको चलचित्र ‘किन किन’ले सेन्सर बोर्ड बाट एडल्ट सर्टिफिकेट पाएको छ। बजारमा धेरैले उकेश दाहालले परिवारमा संगै बसेर हेर्न नमिल्ने नाङ्गो चलचित्र बनायो भनेर भन्न थालेको बेलामा निर्देशक उकेश दाहाललाई हामीले सोधेका थियौं तपाईको चलचित्र सेक्सकै कारण हिट बनाउन खोजेको हो? धेरैले आरोप लगाई रहेका छन् उकेशले नाङ्गो चलचित्र बनायो भनेर उनि हरु लाई के भन्नु हुन्छ? उनको जवाफ थियो’संसारको आकर्षक बिन्दु भनेको सेक्स हो। मान्छेले खुला रुपमा नबोले पनि सेक्स प्रति सबैको रुचि हुन्छ। सेक्स भने पछि दर्शक हल सम्म तानिन्छन्। म नाङ्गो चलचित्र बनाउने व्यक्ति होइन म नाङ्गो चलचित्र कहिले पनि बनाऊदिन। मेरो चलचित्रमा कलात्मक रुपमा महिलाको न्युड शरीर देखाउन खोजिएको छ नाङ्गो होइन।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.