‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक



काठमाडौँ। चैत्रको २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद २’को पहिलो गीत सार्वजनिक गरिएको छ।
चलचित्रमा समावेश ‘मार्सी धान’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजन राजकै शब्द तथा संगीत छ ।

लोकशैलीमा तयार पारिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गर्न सकिन्छ । यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय विपिन कार्की र केकीको अधिकारीको साथमा म्युजिक भिडियोमा जमेको जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ ।

चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन बस्नेतको लगानीमा बनेको चलचित्रको प्रस्तुतकर्ता सुभाष थापा हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.