युवराज र अनुष्काको ‘भो मलाई चाहिन्न’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘भो मलाई चाहिन्न’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सागर थापा ‘ध्रुव’ र समारिका ढकाल फिचर्ड।

लोक फ्युजन शैलीमा आधारित रहेर बनाइएको गीत ठट्यौली पाराको लोकगीत हो । गीतलाई राजीव समरले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । कौशिला खनाल कमार्चायको शब्द रहेको गीतमा सङ्गीत गायक युवराजकै रहेको छ। गीतमा दिनेश पराजुलीको सिनेम्याटोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीत युवराज चौलागाईंको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.